गलकोट नगरपालिका १ का ३५ गरिब परिवारलाई राहात

आदर्श अनलाईन, बागलुङ

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउनको कारण मजदुरहरु गर्नहरु समस्यामा परेका छन् ।

उनीहरुको समस्यालाई मध्यनजर गरि गलकोट नगरपालिका वडा नम्बर १ ले खाद्यान्न वितरण गरेको छ । वडाले अशक्त तथा अति विपन्न ३५ घरपरीवारलाई युवा व्यवसायि केहरसिंह खत्री मार्फत १ लाख बराबरको खाद्य सामग्री वितरण गरिएको हो ।

वडा अध्यक्ष नेत्र वहादुर वुढाथोकि र केहरसिंह खत्रीको विशेष उपस्थितिमा राहात वितरण गरीएको थियो । कोरोना भाईरस कोभिड १९ वाट वच्नका लागि तथा न्युनिकरण गर्नको लागि माईकिङ पनि गरीएको थियो ।

त्यस्तै दुखको वेलामा गरीव अशक्त तथा अति विपन्न परीवारलाई सहयोग गरेको भनि युवा व्यवसायि केहरसिंह खत्रीलाई गलकोट नगरपालिका वडा नम्वर १ वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै कोरोनावाट वच्न सतर्कता अपनाउन वडा वासिमा आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *