बागलुङमा १२ जनाको स्वाब परीक्षण, दुईमा कोरोना संक्रमण, १० जनाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लाबाट कोरोना परीक्षणका लागि १२ जनाको स्वाब पठाइएकोमा १० जनाको रिपोर्ट संक्रमण नभएको (नेगेटिभ रिपोर्ट) आएको छ ।

दुई जनामा भने कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पाँचौ संक्रमितको रुपमा पहिचान भएकी बानपा ४ कुडुलेकी युवति र उनको परिवार, यात्रामा जोडिएका ७ जना, अन्य ३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, बागलुङ नगरपालिका वडा नम्बर ४ की किशोरी र वडा नम्बर ३ गौडाकोटकी ६५ वर्षीय महिलाको रिपोर्ट पोजेटिभ आएको हो । कुडुलेकी युवतिको यो दोस्रो पटकको स्वाब परिक्षण हो । दोस्रो पटक पनि पोजेटिभ देखिएको छ ।



यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *