कोरोना शंकास्पद ताराखोलाका बालकको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन बागलुङ

कोरोना शंकास्पद ताराखोलाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पाइएको छ ।

कोरोना भाइरसको आशंकामा उनको स्वाब परिक्षणपछि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य निर्देशनालय पोखराका नवराज शर्माले जानकारी दिनुभयो ।

उनलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । उनको अवस्था अहिले सामान्य रहेको छ ।

बालक पोखरा स्थित गणेश टोलमा बस्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *