कोरोनाबाट अमेरिकामा मृत्यु भनिएका नेपाली जिवितै !

आदर्श अनलाइन, अमेरिका

कोरोना कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु भएको भनिएका एक नेपाली जिवितै रहेको पाइएको छ ।

न्युयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको आइतवार समाचार सार्वजनिक भएको थियो । तर, उनका परिवारले पछि उनी जीवीतै रहेको जानकारी दिएका छन् ।

उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाकोे मुटु चलिरहेको खबर आएको बताए । भाइको मुटु चलेको भन्ने खबर अस्पतालबाट आएको यसअघि आफूहरुबाट गलत सूचना दिएर गल्ती भएको स्वीकार गरेका छन् ।

‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ निमाका दाजु ल्हाक्पाले भने–‘हामीले मृत आत्माको चीर शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’

ल्हाक्पा शेर्पाले अस्पतालल निमालाई बचाउन नसकिएको खबर आफूहरुले पाए अनुसारनै हामीले उनको चीर शान्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन्–‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्रद्धाञ्जली समेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं ।

आफूहरु पनि अस्पतालकै सूचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधा प्रति क्षमायाचना गरेका छन् । उनले भनेका छन्,–‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं ।

मृत्यु बारे जानकारी दिने स्थानीय समाजसेवी तथा निमाका साथी जाङबु शेर्पाले आफूले मृत्युको जानकारी पाएपछि दिनुपूर्व निमाकी श्रीमतीसँग कुराकानी गरेर मात्रै यसबारे बाहिर सूचना दिएको जनाएका छन्। जाङबुले भने–‘मैले तपाईलाई उमेर, अमेरिका बसाई र परिवारका सदस्यका बारेमा श्रीमतीसंगै सोधेरै सूचना दिएको हुँ । उनले भने मैले यदी भिडियो रेकर्ड दिनुपर्छ भने पनि तयार छु, यो हाम्रै गल्ती हो।’

यता नेपाल सरकारको बाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महाबाणिज्यदूत पुष्पराज भट्टराईले आफूले समेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै सामाजिक सञ्जालमा पोष्ट् गरेको र त्यही आधारमा पत्रकारलाई सूचना दिएको जनाएका छन् ।

मृत्युबारे गलत सूचना दिएको भन्दै स्थानीय व्यक्तिहरुले सामाजिक सञ्जालमा पत्रकारलाई गाली गरेका छन्। उनीहरुले समाचार दिन हतार गरिएको र परिवारले समेत हतारमा गलत सूचना प्रवाह गरेको टिप्पणी गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *