लकडाउनको समय लम्ब्याउने सरकारको तयारी

आदर्श अनलाईन, काठमाडौं
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ ।

दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।

आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । बैठकमा लकडाउनको समयावधी अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो ।

यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । यसअघिको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा ¥र्यािपड टेस्ट विधिबारे सम्भावित संक्रमितको पहिचान गर्ने निर्णय गरेको थियो ।

यस्तै संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेशमा जान समेत रोक लगाउने निर्णय गरेको थियो ।

तर लकडाउनको विषयमा अर्को बैठकले निर्णय गर्ने समझदारी भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताएका थिए ।

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत १५ गते मध्यरातसम्मको लागि समय थप गरेकोमा फेरि बढीमा एक साता लकडाउन लम्ब्याउन खोजिएको हो ।

छिमेकी देश भारतमा समेत २१ दिन लकडाउन गरिएकाले भारतमा नखुल्दासम्म नेपालमा पनि कायम राख्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *