कोरोना विरुद्धको अभियानमा मकवानपुरका सहकारी संघहरुको ३ लाख सहयोग

आदर्श अनलाईन, बागलुङ
सरकारले सञ्चालन गरेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार अभियानमा देशभर सञ्चालित सहकारी संघ संस्थाहरु सक्रिय भएर लागेका छन् ।

सहकारी संघ संस्थाहरुले कोरोना नियन्त्रणका लागि यसबाट बच्ने उपायका बारेमा सचेतना अभिवृद्धि गर्नुका साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सहयोग गर्दै आएका छन ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि कोष बनाएर सहयोगका लागि आव्हान गरेपछि देशभरका सहकारीहरुले आर्थिक सहयोग समेत गर्न थालेका छन् ।

यसैक्रममा मकवानपुर जिल्लामा क्रियाशिल जिल्ला स्तरीय सहकारी संघहरुको सक्रियतामा बागमती प्रदेश सरकारलाई ३ लाख २ हजार रुपैया आर्थिक सहयोग भएको छ ।

जिल्ला सहकारी संघ मकवानपुरको तर्फबाट ५० हजार, जिल्ला वचत तथा ऋण सहकारी संघले १ लाख १ हजार, जिल्ला दुग्ध उत्पादक सहकारी संघको १ लाख १ हजार, जिल्ला बहुउद्देश्यीय सहकारी संघको २५ हजार र जिल्ला कृषि सहकारी संघबाट २५ हजार गरी ३ लाख २ हजार रुपैया प्रदेश सरकारको कोषमा सहयोग गरिएको जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौड्याललाई जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटा लगायत सबै संघका पदाधिकारीहरुको सहभागितामा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

विपत्तीको समयमा सहकारी पनि संग संगै छ भन्ने सन्देश दिन तथा पीडितहरुका लागि सहयोग पुगेस भन्ने उदेश्यले स्थानीय तह स्तरीय सहकारीहरुको सहकार्यमा स्थानीय तह मार्फत राहत दिनका लागि सहयोग गरिएको वचत तथा ऋण सहकारी संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *