निसीखोला ३ ले दियो एक सय गरिबलाई खाद्यान्न सामग्री

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ३ ले गरिब तथा विपन्न परिवालाई खाद्यान्न वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका नागरिहरुलाई वडाले खाद्यान्न वितरण गरेको वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिनुभयो ।

वडा भित्रका करिब घर परिवालाई खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई चामल, दाल, तेल, नुन, हात धुने साबुन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष शाहीको भनाई छ ।

‘कोरोनाको प्रभावले गर्दा ज्याला मजदुरी गरेर ज्यान पाल्दै आएका नागरिहरु यतिबेला समस्यमा परेका छन्,’ अध्यक्ष शाहीले भन्नुभयो ‘उनीहरुको समस्यामा वडाले केही राहत पु¥याउने हिसाबले खाद्यान्न वितरण गर्न थालेका हौँ ।’

वडाका अति विपन्न परिवारको डाटा संकलन गरेर राहत दिएको बताउनुभयो । ववा भित्रका १ सय घरलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । वडाले २ लाख ४४ हजार बराबरको सामग्री वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *