बिहानी सहकारीद्वारा बरेङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग

आदर्श अनलाइन, बागलुङ ।
बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङले बरेङ गाँउपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ ।

कोरोना संक्रमण तथा जोखिमबाट प्रभावितहरुको राहतका लागि बरेङ गाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण विपद व्यवस्थापन कोषमा संस्थाको तर्फबाट ५१ हजार आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले बताए ।

अधिकांश सदस्य बरेङ गाँउपालिका अन्र्तगतका रहेका र संकटको यस घडिमा लड्न थोरै भए पनि गाँउपालिकालाई मदत पुग्ने भएकाले सहयोग गरिएको अध्यक्ष पुनको भनाई छ ।

वि.सं. २०६५ सालमा स्थापित संस्थाले प्रधान कार्यलयको रुपमा बरेङ बजारमा रहदै वित्तिय, सामुदायिक रेडियो, पोलिक्लिनिक, कृषि संकलन केन्द्र, एम्बुलेन्स लगायत विविध बहुद्धेश्यीय क्षेत्रहरुमा सेवा प्रवाह गर्दै आईरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *