म्याग्दीमा र्‍यापिड टेष्ट सुरु, शुरुवाति परीक्षण रिपोर्ट सबै नेगेटिभ

सन्तोष गौतम, म्याग्दी

म्याग्दीमा विदेशबाट आएकालाई कोरोना भाइरसको द्रूत परीक्षण र्‍यापीड टेष्ट गर्न थालिएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार बेनी नगरपालिकाका ३३ जनाको कोरोना परीक्षण गरेको थियो ।

ुसबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ,ु स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने,ुएकान्तबासमा बसेकाको स्वास्थ्यमा समस्या नदेखिए पनि सम्भावित जोखिमलाई आंकलन र सुरक्षित बनाउन परीक्षण गरिएको हो ।ु

यसअघि २०७६ चैत १ गतेदेखि विदेशबाट आएकालाई १५ दिनसम्म क्वारेन्टिन ९एकान्तबास०मा राखेर घर पठाइएको थियो । जिल्लामा एक महिनायता भारत, खाडी, एशीयाली र युरोपका देशबाट करिब १४० जना भित्रिएको तथ्याङ्क छ ।

स्वास्थ्य मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले परीक्षण सुरु गरेका हुन् । द्रूत परीक्षण गर्दा १५ मिनेटमै रिपोर्ट प्राप्त हुन्छ ।

स्थानीय तहमै र्‍यापिड टेष्ट

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएका प्रदेशभरका तीन हजार ७५० जनाको र‍यापिड टेष्ट गर्ने जनाएको छ । चिकित्सक र स्वास्थ्यकर्मी स्थानीय तहमै पुगेर परीक्षण गर्ने भएका छन् ।
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा आइतबार, मंगलबार ,सोमबार, अन्नपूर्णमा मंगलबार र रघुगंगा गाउँपालिकामा बुधबार विदेशबाट आएकालाई लक्षित गरेर परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

परीक्षणका क्रममा पोजेटिभ देखिएको अवस्थामा पुन परीक्षणका लागि ल्याबमा पठाइने बेनी अस्पतालका चिकित्सक मनोज घिमिरेले बताए । हालसम्म म्याग्दीमा कसैलाई पनि कोरोनाको संक्रमण भएको छैन् । यसअघि बेनी अस्पतालबाट ४ जनाको स्वाब परिक्षणका लागि पठाइएको थियो । चारैजनाको नजिता नेगेटिभ आएको थियो ।

एम्बुलेन्समा क्याबिन

कोरोना शंकास्पद बिरामीलाई अस्पताल ल्याउन क्याबीन भएको छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । ती एम्बुलेन्स भित्र चालक, बिरामीका आफन्त बस्ने र बिरामी राख्ने छुट्टा छुट्टै क्याबिन बनाइएको छ । बिरामीलाई सुरक्षित रुपमा अस्पताल पुर्‍याउन तथा चालक र आफन्तलाई संक्रमणको जोखिमबाट बचाउन एम्बुलेन्समा क्यावीन बनाइएको हो ।

कोभिड(१९ सम्बन्धी कमाण्ड पोष्टको निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय बिरामीलाई अस्पताल सम्म ल्याउने प्यासेन्ट रिसिभिङ टिम गठन भएको छ । टोलीको सदस्यमा श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र शसस्त्र प्रहरी गुल्म गलेश्रका प्रतिनिधि रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *