आदर्श अनलाईन, बागलुङ ।
बैदेशिक रोजगारीबाट र्फकिएकाहरुको लागि स्थानिय तहमै पुगेर र्यापिड टेस्ट गर्न सुरु गरिएको आज चौथो दिन गलकोट नगरपालिकाका १ सय जनाको परिक्षण गरिएको छ ।
गलकोट बहुमुखी क्याम्पसमा र्यापिड टेस्ट गरिएको थियो । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाले चैत १ गते देखियता बैदेशिक रोजगारीबाट र्फकिएका सबैलाई होम क्वारेन्टिनमा बस्न लगाएको थियो ।