लकडाउनका कारण पोखरामा अलपत्र मुस्ताङीलाई राहत

आदर्श अनलाइन, पोखरा

बर्खायामको अन्नवाली थन्क्याएर हिउदयामको जाडो छल्न बेशी झरेका ३ सय ४९ जना मुस्ताङीलार्ई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ ।

पोखराका विभिन्न स्थानमा बसेका उनीहरुलाई गण्डकी प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री हरीबहादुर चुमान र गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टले चामल ,दाल,चिउरा ,नुन र तेल वितरण गरेको सांसद बिष्टले जानकारी दिए ।

हिउदयामको जाडो छल्न झरेका उपल्लो मुस्ताङका ५ वटा घुम्ती विद्यालयलाई ६३ बोरा चामल वितरण गरिएको छ । चामल किन्न मार्फाका बिष्णुराज हिराचनले ५० हजार ,किमी छोकोङ गुरुङले २५ हजार ,ग्याचो बिष्ट फुवाले १० हजार र सांसद बिष्टले १५ हजार उपलब्ध गराएका थिए । ५ गुम्बा स्कुलमा २ सय ९४ जना शिक्षक र विद्यार्थी छन् । पोखराको नदीपुरमा अलपत्र ५९ जना दलितलाई पनि राहत वितरण गर्न बाकी रहेको जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *