प्रभु बैंक निसीखोला शाखाले दियो मजदुरलाई खाद्यान्न

आदर्श अनलाईन, बागलुङ
प्रभु बैंक निसीखोला शाखाले मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।

बैंकले निसीखोला गाउँपालिकासँगको समन्वयमा मध्यपहाडी लोक मार्ग र खानेपानी आयोजनामा काम गर्ने मजदुररुहलाई खाद्यान्न वितरण गरेको प्रभु बैंक निसीखोला शाखाका प्रबन्धक ज्ञानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नको लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका उनीहरुको उद्धारको लागि बैंकले खाद्यान्न सहयोग गरेको प्रबन्धक क्षेत्रीले बताउनुभयो ।

मध्यपहाडी लोक मार्ग अन्तर पातीहाल्ने खण्डमा काम गर्ने मजदुर तथा निसीखोला गाउँपालिका वडा नम्बर ६ मा संचालित खानेपानी आयोजनामा काम गर्ने प्राबिधिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

बैंकले करिब ५० जना मजदुरलाई चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न सामग्री वितरण गरेको प्रबन्धक क्षेत्रीको भनाई छ ।

‘लकडाउनले गर्दा धेरै मजदुरहरु यतिबेला समस्यामा परेका छन्, उनीहरु आपतकालीन अवस्थामा छन्,’ उहाँले भन्नुभयो ‘उनीहरुको राहतको लागि थोरै भए पनि सहजता प्रदान गर्नको निम्ति हामीले खाद्यान्न सहयोग गरेका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *