पोखराबाट हिडेर बुर्तिवाङ पुगेका मजदुरलाई ढोरपाटन नगरपालिकाले रुकुम पुर्‍यायो

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिकाले अलपत्र परेका १४ जना मजदुरको उद्दार गरेको छ ।

बागलुङका विभिन्न सडक र पोखरामा भवन निर्माणको काम गर्दै आएका रोल्पा, रुकुम र सल्यानका मजदुरहरु पैदल यात्रा गरेर शनिबार विहान वुर्तिवाङ पुगेका थिए ।

उनिहरुलाई ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीको पहलमा सवारी साधनको व्यवस्था गरि रुकुम जिल्लाको भुमे गाउँपालिकाको सिमानामा पुर्‍याएर छोडिएको उप–प्रमुख करमती पुन मगरले जानकारी दिनुभयो ।

हिड्दा हिड्दै खुट्टा सुन्निएर दयानिय अवस्थामा ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ पुगेका सल्यान कपुरकोटको १ जना महिला, सल्यान कपुरकोटको ६ जना पुरुष, रोल्पाको थवाङका ६ जना पुरुष र रुकुम पश्चिमका १ जना पुरुषलाई सम्बन्धीत स्थानिय तहका जनप्रतिनिधी संग समन्वय गरेर रुकुमको भुमे गाउँपालिकाको सिमाना पु¥याएर छोडिएको मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *