गलकोटका आमा छोराको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

फाइन तस्बिर

आदर्श अनलाइन, गलकोट

बागलुङ जिल्लाको गल्कोटमा कोरोनाको आंशकामा दुई जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

भारतबाट आएका गल्कोट नगरपालिका–४ का एक व्यक्तिमा कुनै लक्षण नदेखिए पनि आमामा ज्वरो र निमोनिया देखिएकाले दुवैको स्वाब संकलन गरिएको हो ।

पछिल्लो समय भारतबाट आएकोमा बढि संक्रमण देखिएकाले शकांस्पद हिसाबले स्वाब संकलन गरिएको हो । अहिले ती महिलाको गलकोट हटिया बजार स्थित इमर्जेन्सी पोलीक्लिनिक हटियामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । दुवै जनाको रिपोर्ट सोमबार आउने गुरौको भनाई छ ।

बागलुङ जिल्लाका चार नगरपालिका र ६ गाँउपालिकामा विदेशबाट आएका, कोरोना भाइरस शंकास्पद र संक्रमित महिलाहरुको प्रत्यक्ष सम्पर्कमा आएका १०४८ जनाको ¥यापिड टेष्ट किट मार्फत् परीक्षण गर्दा एक जनाको बाहेक सबैको नेगेटिभ आएको थियो । पछि पिसिआरबाट परीक्षण गर्दा ती महिलाको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

हालसम्म जनजागृती मावि गलकोटमा ३ जना र आमा समुहको भवन भिमगिठे बडीगाडमा २ जना गरी ५ जना मात्र क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएका छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *