लक्ष्मी केयर्सद्धारा धौलागिरी अस्पताललाई थर्मलगन र पीपीई प्रदान

आदर्श अनलाइन, बागलुङ

लक्ष्मी बैंकका कर्मचारीद्वारा प्रर्वद्धित गैर नाफामूलक संस्था “लक्ष्मी केयर्स” ले बागलुङ स्थित धौलागिरी अञ्चल अस्पतालको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले ८ थान थर्मल गन (ज्वरो नाप्ने यन्त्र) र २ सेट पीपीई प्रदान गरेको छ ।

यो सहयोग लक्ष्मी केयर्सको अग्रसरतामा लक्ष्मी बैंकका कर्मचारीहरुबाट संकलित रकमबाट प्रदान गरिएको हो । धौलागिरी अञ्चल अस्पताल कोरोना संक्रमणको परिक्षण तथा उपचारका लागि नेपाल सरकारद्वारा तोकिएको केन्द्रहरु मध्ये एक हो ।

धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा बैंकका कर्मचारी

यसअघि लक्ष्मी केयर्सले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु ५ लाख आर्थिक सहयोग गरेको थियो ।

लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकारद्वारा स्थपित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ३० लाख तथा सातवटै प्रदेशमा प्रदेश सरकारद्वारा स्थपित कोरोना संक्रमण रोकथाम, नियन्त्रण् तथा उपचार कोषमा १० लाखका दरले गरी कूल १ करोड रुपैया सहयोग स्वरुप जम्मा गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

preload imagepreload image