असिनाको क्षति बिवरण संकलन गर्दै काठेखोला र गलकोट

डम्मर बुढा मगर, बागलुङ

गत सोमबार र मंगलबार परेको भिषण असिना पानीले बागलुङको गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको विभिन्न स्थानहरुमा ठूलो क्षति पु¥याएको छ ।

असिना पानीले भित्राउनै लागेको गहुँ, जौँ लगायतका खेतीबालीहरु बारीमै नष्ट गरिदिएपछि किसान चिन्तित भएका छन् ।

त्यो सँगै असिना पानीले भर्खर टुसा उमारेको मकैको बिरुवा, फूल खेल्दै गरेका सुन्तला, कागती, नासपाती, पलम, आरु र तरकारीहरु पनि नष्ट बनाएको छ । गलकोट नगरपालिकाका वडा नम्बर ९, १०, ११ र काठेखोला गाउँपालिकाले वडा नम्बर २ भीमापोखरा र वडा नम्बर ३ धम्जाका बिभिन्न स्थानमा असिना पानीले ठूलो क्षति पु¥याएको बताइएको छ ।

गलकोट नगरपालिका
गलकोट नगरपालिकाले भीषण असिना पानीले कुन ठाउँमा कति क्षति पु¥याएको बारे विवरण संकलन गर्न थालेको नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिनुभयो । उहाँले कृषि प्राबिधिकहरुलाई असिन पानीले क्षति पु¥याएको ठाउँहरुमा पुगेर क्षति विवरण संकलन गर्न थालेको बताउनुभयो । ‘गलकोट नगरपालिकाको सबैभन्दा बढी वडा नम्बर ९, १० र ११ मा क्षति पुगेको छ, यसको विवरण संकलनको लागि कृषि प्राबिधिकहरु पठाएका छौँ,’ उपप्रमुख काउचाले भन्नुभयो ‘केही दिनमा त्यसको विवरण सबै आउँछ, त्यसपछि कृषकहरुलाई राहतको व्यवस्था गर्नेछौँ ।’
उपप्रमुख काउचाले सबैलाई समान तरिकाले राहत दिन नसकिने भन्दै उनीहरुको क्षति कति भएको छ, त्यो आधारमा राहत उपलब्ध गराउने बताउनुभयो ।

काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकाले पनि कृषकहरुलाई राहतको व्यवस्थापन गर्ने गाउँपलिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले आफै स्थलगत रुपमै क्षतिको अवस्थाबारे जानकारी लिएको बताउनुभयो ।
‘ठुलो क्षति भएको जानकारी पछि स्थलगत रुपमा गएर हेरेको छु, निश्चय पनि असिनाका कारण दुई वार्डमा धेरै क्षति बेहोर्नु परेको छ’, उहाँले भन्नुभयो, ‘अब कृषि प्राविधिक खटाएर बिवरण संकलन गर्छौ ।’ क्षतिको विवरण संकलन पछि गाउँपालिकाले क्षतिको बिवरण हेरेर किसानलाई राहत कार्यक्रम ल्याउने अध्यक्ष थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *