वडा सदस्य रसाइलीद्वारा १ सय परिवारलाई खाद्यान्न सहयोग

आदर्श अनलाईन, बागलुङ
जैमिनी नगरपालिका वडा नम्बर ७ जैदिका वडा सदस्य बागलुङका केन्द्र रसाइलीले व्यक्तिगत खर्चमा एक सय परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

कोरोना भाइरसको कारण लम्बिएको लकडाउनले समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेका हुन ।

उनले जैदीका मजदुरी गरि छाक टार्दै आएका अति बिपन्न, गगिरब र दलित समुदायका १ सय परिवारलाई राहत दिएका हुन् । प्रति परिवार /१ बोरा चामल, नुन तेल र सावुन सहयोग गरेको उनले बताए ।

उनले सरकारले गरिबलाई प्रयाप्त राहात पु¥यान नसकेकोले भन्दै आफु व्यक्तिगत रुपमा सहयोग गरेको वडा सदस्य रसाईलीले बताए ।

सरकारले एकद्धार प्रणालीवाट राहात वितरण गर्ने भने पनि ग्रामीण क्षेत्रका जनताले राहात पाउन नसकेको उनको भनाई छ ।

वडा सदस्य साईलीले नगरपालिकाबाट पाउने भत्ता तथा तलब वडाका विपन्न बालबालिकालाई सहयोग गर्दे आएका छन् ।

आफु जनप्रतिनिधी रहद सम्म सरकारी भक्त नलिने घोषण गरेका रसाईलीले समस्यामा परेका वडाबासीलाई विभिन्न सहयोग समेत गर्दे आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *