चट्याङ लागेर मृत्यु भएकी खत्रीको परिवारलाई राहात हस्तान्तरण

आदर्श अनलाईन, बागलुङ
चट्याङ लागेर मृत्यु भएकी बिजुली खत्रीको परिवारलाई राहात उपलब्ध गराइएको छ ।

गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी टोड्केकी खत्रीको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले मृतक खत्रीको परिवारलाई १ लाख ३० हजार हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासनको तर्फबाट १ लाख र गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिका विपद् व्यवस्थापन कोषबाट रु ३० हजार गरि १ लाख ३० हजार खत्रीका श्रीमान सम बहादुर खत्रीलाई राहात हस्तान्रण गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

खत्रीको गत बैशाख ९ गते परेको चट्याङ लागेर मृत्यु भएको थियो । राहात हस्तान्तरणमा प्मुख जिल्ला अधिकारी गौलोचन सैजु, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *