बडिगाडमा तीन सहकारीले संयुक्त रुपमा संचालन गरे उपभोक्ता पसल

आदर्श अनलाईन, बागलुङ
बडिगाड गाउँपालिकाका तीन सहकारीले संयुक्त रुपमा उपभोक्ता पसल संचालन गरेको छन् ।

गाउँपालिकाको वडा नम्बर २ खरर्बाङमा रहेका नवप्रतिभ बचत तथा ऋण सहकारी संस्था, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था र मिलन कृषि सहकारी संस्थाले संयुक्त रुपमा उपभोक्ता पसल सञ्चालन गरेका हुन् ।

तीन संस्थाले ७ लाख ५० हजार रुपैयाँ लगानी गरी चामल, दाल र तेल लगायतका सामानहरु खरिद गरी सदस्यहरुलाई विक्री गर्दै आइरहेको नवप्रतिभा साकोसका अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभयो ।

सदस्य र अन्य उपभोक्तालाई समेत खरिद मूल्यमा खाद्यान्न विक्री वितरण भैरहको उहाँको भनाई छ ।

अध्यक्ष अर्यालले विश्वभर महामारीको रुपममा फैलिएको कोरोना भाइरसका कारण नागरिकहरु समस्यामा परेको हुँदा उनीहरुलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले उपभोक्ता पसल संचालन गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *