बडिगाड ३ ले दियो गरिब तथा विपन्न परिवारलाई राहात

आदर्श अनलाइन, बागलुङ

बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीले गरिब तथा विपन्न परिवारलाई सोमबारदेखि खाद्यान्न वितरण सुरु गरेको छ ।

लकडाउनको कारण मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका वडाका २० घर परिवारलाई राहत वितरण गरिएको हो ।

वडाले पहिलो चरण अन्तरगत साविक सिसाखानी गाबिस वडा नम्बर १ देखि ६ सम्मका मजदुर, गरिब, अपाङ्गता भएका परिवारलाई परिवार चामल ३० केजी, केजी, तेल, चिनी, चाउचाउ लगायतका सामग्रीहरु उपलब्ध गराइएको वडा अध्यक्ष खडक पुनले जानकारी दिनुभयो ।

बाँकी रहेका साबिक ७, ८ र ९ का १५ घरपरिवारलाई लगतै राहत वितरण गरिने उहाँको भनाई छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षाको कारण राहत वितरणमा केही ढिलाई भएको पनि वास्तबिक बिपन्न परिवार यसबाट लाभाम्बित भएको पुनको भनाई छ ।
राहत पाएपछि विपदमा सरकार रहेछ भन्ने महसुस गरेको स्थानीय हर्क श्रीसले बताउनुभयो । बिपत्तिका बेला स्थानीय सरकारले जनातालाई भोकै मर्न नदिने वडा अध्यक्ष पुनले दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *