धार्मीक संस्थाद्वारा प्रहरीलाई सुरक्षा सामग्री हस्तान्तरण

आदर्श अनलाईन,बागलुङ

सर्वसिद्धिधाम बागलुङ नगरपालिका वडा नम्बर ६ पञ्चकोटले जिल्ला प्रहरी र ट्रफिक प्रहरी कार्यलयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यलयमा आयोजित कार्यक्रममा २० थान हस्तान्तरण गरेको हो । जस मध्य १४ जना ट्रफिक प्रहरी र ६ थान जिल्ला प्रहरी कार्यलयले पैयोग गर्ने छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपनि डिउटीमा खटिने प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै पीपीई हस्तान्तरण गरेको हो ।

प्रहरी उपरिक्ष नवराज भट्टले व्यक्तिगत सुरक्षात्मक उपकरणले महामारीको समयमा सुरक्षाप्रदान गर्ने बताउँदै अनिवार्य रुपमा यो पोशाक प्रयोगमा ल्याइने बताए ।

रामानुजाचार्यको १ हजार ४ औ जन्मजयन्तीको अवसरमा सुरक्षामा अटिने सुरक्षा कर्मीलाई सहयोग गरिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषिप्रपन्नाचार्यले वताए ।

कार्यक्रमको अवसरमा प्रहरी उपरिक्षकबाट वरिष्ठ प्रहरी उपरिक्षकमा बढुवा हुनु भएका जिल्ला प्रहरी कार्यलय बागल्ङका प्रमुख नवराज भट्टलाई दोसल्ला ओढाएर सम्मान तथा वधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रम पञ्चकोटका उपाध्यक्ष तथा बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेमराज सापकोटाको स्वागत र सचिव नारायण आचार्यको संचालमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *