आगलागीमा घाइते बागलुङ बरेङका वडा अध्यक्ष खनालको निधन

आदर्श अनलाइन,बरेङ

आगलागीमा परी गम्भिर घाइते बागलुङ जिल्लाको बरेङ गाउँपालिका-३ का वडा अध्यक्ष पुर्ण खनालको निधन भएको छ ।

खनालको बुधवार बिहान किर्तिपुरको फायर अस्पतालमा निधन भएको हो ।

गत बैशाख ८ गते गुल्मीको शान्तिपुर बजारमा रहेको घरमा आगलागी हुँदा उनका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृत्यु भएको थियो भने वडा अध्यक्ष खनाल र उहाँको धर्मपत्नी रुपा खनाल गम्भिर घाइते भए पछि उपचारका लागि किर्तिपुर लगिएको थियो ।

बरेङ गाउँपालिकाका स्थायी वासिन्दा भए पनि अध्यक्ष खनालको व्यवसाय भने छिमेकी जिल्लाको शान्तिपुरमा लामो समयदेखी सञ्चालनमा थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *