सहकारी विकास बोर्डका सह–अध्यक्ष पौडेलको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण

आदर्श अनलाईन, बागलुङ
कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति सहकारी बोर्डका सह अध्यक्ष एवं प्रभु बैंकका संचालन दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

पौडेलले आफ्ना पिता स्व. भिमनाथ शर्मा पौडेलको स्मृतिमा भिमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत जिल्ला चार स्थानिय तहका लागि आवश्यक स्वास्थ्य सामाग्री पठाएका थिए ।

स्वास्थ्य सामाग्री नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं नागरिक दैनिकका पत्रकार दिलिप पौडेलको संयोजनमा बुधबार जिल्लाको बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, ईलाका प्रहरी कार्यालय नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा हस्तान्तरण गरिएको छ ।

जिल्लामा कोरोनाको जोखिम बढदै गएको र यो समयमा स्वास्थ्यकर्मिहरु निरन्तर सेवामा खटिनुपर्ने हुँदा स्वास्थ्य संस्थामा बढि आवश्यक देखिएकोले सवै स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थामा हस्तान्तरण गरिने प्रतिष्ठानका सदस्य गोविन्द बहादुर पौडेल गोपालले बताए ।

पौडेलका अनुसार बागलुङ र जैमिनी नगरपालिका काठेखोला र बरेङ गाउँपालिकाका सवै स्वास्थ्य संस्थामा पुग्ने गरी स्वास्थ्य सामाग्रीहरु दुई÷तिन दिनमा नै पु¥याईने छ । स्वास्थ्य सामाग्री स्थानिय जनप्रतिनिधिको रोहबरमा हरेक स्वास्थ्य संस्थामा हस्तान्तरण गरिने पौडेलले बताए । स्वास्थ्य सामाग्री हस्तान्तरणको सहजीकरणका नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष एवं काँग्रेसका महाधिवेशन प्रतिनिधी डिल्लीराम सुवेदीले गरेका छन ।

आफ्नो गृह जिल्लामा यो विपदको बेला केही सहयोग गर्रौ भन्ने उद्देश्यले प्रतिष्ठान संरक्षक समेत रहेका दक्ष पौडेल मार्फत जिल्लाका केही स्वास्थ्य संस्थालाई मास्क, सेनिटाईजर पिपिई र थर्मल गन सहयोग गरिने सुवेदीले बताए । यो अवस्थामा स्वास्थ्य संस्थामा जोखिम मलेर काम गरेका स्वास्थ्य कर्मिको हौसलाका लागि प्रतिष्ठान मार्फत सहयोग गरिएको सुवेदीले भनाई छ ।

नारायणस्थानमा वडा अध्यक्ष चक्रबहादुर खत्री र कुश्मिसेरामा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलको विशेष उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका दक्ष पौडेल प्रतिष्ठानका संरक्षक हुन भने हाल सहकारी विकास बोर्डका सह–अध्यक्ष छन । प्रभु बैंकका संचालन रहेका पौडेल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन । आफ्नो गृह जिल्लाका लागि आगामी दिनमा पनि थप सहयोग गर्ने पौडेलले प्रतिवद्धता छन । पौडेलले ३ हजार थान मास्क, केही थान पिपिई, थर्मल गन र सेनिटाईजर पठाएको प्रतिष्ठानले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *