प्रेस युनियन बागलुङले दियो पत्रकारलाई मास्क र सेनिटाइजर

आदर्श अनलाइन, बागलुङ
बागलुङका क्रियाशील पत्रकारहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले कोरोनाको जोखिम मोलेर रिपोर्टङ गर्ने पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको हो ।

राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेलले आफ्ना बुबाको स्मृतिमा स्थापना गरेको भिमनाथ स्मृती प्रतिष्ठन मार्फत पत्रकारहरुलाई सेनिटाइजर र मास्क सहयोग गरेका हुन् ।

बागलुङ कोरोनाको संक्रमणको जोखिम जिल्लाको रूपमा रहेको हुनाले फिल्डमै गएर समाचार संकलन गर्ने पत्रकारलाई काममा थोरै भएपनि सहज होस भनेर मास्क र सेनिटाइजर बितरण गरेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेलले बताए ।

पत्रकारले जोखिमको बेलामा जनतालाई सहि सुचना दिने प्रमुख भुमिका निभाउन जरुरी भएको पौडेलले बताए । कोरोनाको खबर संचार माध्यमले सकारात्मक रूपमा दिएको कारणले पनि नेपालमा अरू देशमा जस्तो महामारी नभएको सरकारले सबै क्षेत्रलाई सम्बोधन गरेको तर संचारलाई भने सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बागलुङका पत्रकार कोरोनाको जोखिमबाट सुरक्षित हुदै पत्रकारले समाचार सम्प्रेशण शक्रियता पूर्वक लागेको बताए ।

अध्यक्ष शिरीषले पत्रकारको समस्यालाई मध्यनजर गरि हासंघले पनि विभिन्न कदमहरु चालिरहेको भन्दै समस्यामा परेका पत्रकारहरुको साथमा महासंघ रहेको बताए ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तको अध्यक्षता र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *