वडा अध्यक्ष मृत्युको शोकमा बरेङ गाउँपालिकामा भोली कामकाज बन्द

केशवराज क्षेत्री, बरेङ

बागलुङको बरेङ गाउँपालिका ३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधन भएको शोकमा शुक्रबार गाउँपालिका बन्द गरिने भएको छ ।

वैशाख ८ गते गुल्मीको शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागीमा घाइते भएका खनालको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।

आगलागीमा खनालका एक छोराको वैशाख ८ गते नै मृत्यु भएको थियो । उनकी श्रीमतीको उपचार चलिरहेको छ ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित ४९ वर्षीय खनाल सफल व्यवसायीको रुपमा स्थापित हुनुहुन्थ्यो ।

बरेङ गाउँपालिकाले आफ्ना न्यायिक समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक समेत रहेका खनालको निधनमा शुक्रबार पालिकाभर नै शोक विदा दिने घोषणा गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शोक प्रस्ताव पारित गर्दै पालिकाले भोलि शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको बताए । भोलि गाउँपालिकाभित्रका सरकारी र गैरसरकारी निकाय बाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह र अन्य कामकाज बन्द हुने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *