आरडिटीमा पोजेटिभ मुस्ताङकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

फाइल फोटो

एसके थकाली,जोमसोम

कोरोना भाइरसको दुर्त परीक्षण (आरडिटी टेष्ट) मा पोजेटिभ देखिएको मुस्ताङकी एक महिलाको पीसीआरमा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सामान्य कोरोना परीक्षण गर्ने क्रममा रुघा खोकी तथा उच्च ज्वरो देखिएपछि ती महिलाको नमूना स्वाब जिल्ला अस्पताल जोमसोमले प्रादेशिक जनश्वास्थ्य प्रयोगशाला पोखरा पठाएको थियो ।

मुस्ताङको जोमसोमबाट पोखरातर्फ पठाइएको ती महिलाको नमूना स्वाब बिहीबार प्रादेशिक जनश्वास्थ्य प्रयोगशालाले पीसीआर विधिबाट परीक्षण गरेको थियो । परीक्षण गर्दा महिलाको स्वाब रिपोर्ट नेगेटिभ निस्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले अन्नपूर्णलाई जानकारी दिए ।

सम्भावित कोरोना आशंका गरिएकी ती महिलालाई जोमसोम अस्पतालले बुधबार बिहान आइसोलेसन कक्षमा भर्ना गरी उपचार सुरु गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन शिब भडारीले आइसोलेसन कक्षमा रहेकी ती महिला हाल सामान्य अवस्थामा रहेको र उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । सामान्य अवस्थामा रहेकी उनलाई बिहीबार नै अस्पतालले डिस्चार्ज गर्ने तैयारी गरेको बताए ।

महिला गत चैत्र ७ गते दुबईबाट नेपाल आएकी थिइन् । विदेशबाट काठमाडौंमा बस्दै आएकी उनी मंगलबार काठमाडौंबाट मुस्ताङ आएकी थिइन् । उनको यसअघि काठमाडौंको टेकु अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

स्थानीय तहको पहलमा गत शनिबार देखि सोमबारसम्म करिब १३ सय मुस्ताङी जिल्ला भित्रिएका थिए । स्थानीय तहले जिल्ला भित्रिएका सबैलाई सरकारी क्वारेन्टाइनमा नराखी ७ दिन मात्र होम क्वारेन्टाइनमा बस्न लगाएको थियो । मुस्ताङ फर्किएका सबै होम क्वारेन्टाइन, समाजघर, गुम्बा र विद्यालयमा एकान्तबास बस्न लगाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *