रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

आदर्श अनलाईन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ ।

शनिबार धारामन्दिर, वडा कार्यालय, सानो रिघा र फेंदिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आइतबार साविक रिघा गाविसको वडा नम्बर ७, ८, ३ र ६ मा वितरण गरिने वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिनुयो ।

वडाका कर्मचारी, जनप्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । शनिबार, वृद्ध, एकलमहिला, अपांगता भएका र दलित पोषण अन्तरगत २ सय ९६ जनालाई २६ लाख वढि रकम वितरण गरिएको वडा अध्यक्ष श्रीसले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *