गायक रेग्मी र रिनाको ‘भंगेरी’ गीत करोड क्लबमा प्रवेश

आदर्श अनलाइन, बागलुङ

लोकप्रिय सर्जक तथा गायक तेजेश रेग्मी र गायिका रिना केसीको आवाजमा स्वरवद्ध लोक दोहोरी गीत ‘भंगेरी’ करोड क्लबमा प्रवेश गरेको छ ।

गत २०७५ साल चैत्र १५ गते शुक्रबारका दिन सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो युट्युवमा लोकप्रिय हुँदै शनिवार राति १ करोड बढी दर्शकले हेरेका छन् ।

एस थ्रि के इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट बजारमा सार्वजनिक गीतले आम श्रोता दर्शकका बीचमा छोटो समयमा अधिक लोकप्रियता हासिल गरेको थियो । राष्टिय स्तरको सफलताका लागि राजधानीनै जानुपर्छ भन्ने सोच व्याप्त रहे पनि गायिका केसीले मोफसलकै बागलुङ जिल्लामा बसेर संर्घष गरेरै सफलता पाउने निकै कम कलाकार मध्येमा नाम दर्ज गर्न समेत सफल भएकी छिन् । आफ्नो सांगीतिक यात्राको शुरुवाति गीतनै करोड क्लबमा प्रवेश गरे पछि निकै उत्साहित भएको गायिका रिना केसीले बताइन् ।

गायक रेग्मीको शव्द तथा लय संकलन रहेको गीतमा रेग्मी सँगै रिनाको स्वर छ । आशिष अविरलले संगीत संयोजन गरेको गीतमा एचबिएन किस्मले मिश्रण गरेका हुन् ।

गीत करोड क्लब प्रवेशका अवसरमा गायक रेग्मी र रिनाले यस अवसरमा गीतको अडियो भिडियो निर्माणदेखि बजार ब्यबस्थापन सम्म साथ र सहयोग गर्ने सबैलाई भंगेरी युनिटको तर्फबाट धन्यबाद दिएका छन् ।
https://youtu.be/7Q85l4-AEvw?t=5

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *