यी हुन् २६ देश, जहाँ कोरोनाका कारण मृत्यु भएको छैन

आदर्श अनलाइन,काठमाडौं

विश्वभर ११ लाख ७० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन्।

नेपाली समय अनुसार मंगलबार दिउँसो तीन बजेसम्मको तथ्यांकमा निको हुनेको संख्या ११ लाख ७० हजार ७ सय ७९ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३५ लाख ९६ हजार १ सय ४२ जना संक्रमित भएका छन्।

संसारभर २ लाख ५१ हजार ७ सय १८ जनाको मृत्यु भइसकेको छ।

कोरोनाका कारण हालसम्म एक जनाको पनि मृत्यु नभएका देश तथा क्षेत्र

नेपालमा ८२ जना संक्रमित भएका छन्। १६ जना निको भएर घर फर्किसकेका छन्।

भुटान ७ जना संक्रमित छन्। ५ जना निको भएका छन्।

पपुवा न्युगिनीमा ८ जना संक्रमित भएका थिए। उनीहरु सबैजना निको भइसकेका छन्।

साउथ सुडानमा ५२ जना संक्रमित छन्। उनीहरुको उपचार भइरहेको छ।

मकाउमा ४५ जना संक्रमित भएका थिए। यीमध्ये ३९ जना निको भएर घर फर्किसकेका छन्।

मंगोलियामा ४१ जना संक्रमित भएका मध्ये १३ जना निको भएका छन्।

लाओसमा १९ जना संक्रमित भएका मध्ये ९ जना निको भएका छन्।

फिजीमा १८ जना संक्रमित भएका मध्ये १४ जना निको भएका छन्।

फारो आइसल्याण्ड एक सय ८७ जना संक्रमित भएका छन्। १ सय ८५ जना निको भएका छन्।

मेडागास्कारमा १ सय ४९ जना संक्रमित भएका छन्। ९९ सय जना निको भइसकेका छन्।

जिब्राल्टारमा १ सय ४४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ सय ३३ जना निको भएका छन्।

क्याम्बोडियामा १ सय २२ जना संक्रमित भएका छन्। १ सय २० जना निको भइसकेका छन्।

युगाण्डामा ९७ जना संक्रमित भएका छन्। ५५ जना निको भएका छन्।

सेन्ट्रल अफ्रिकन रिपब्लिकामा ८५ जना मानिस संक्रमित भएका छन्। १० जना निको भइसकेका छन् ।

मोजाम्बिकमा ८० जना संक्रमित भएका छन्। १८ जना निको भएका छन्।

फ्रेन्च पोलिनेसियामा ५८ जना संक्रमित भएका छन्। निको हुनेको संख्या ५३ पुगेको छ।

इरिट्रियामा संक्रमितको संख्या ३९ पुगेका छन् भने २६ जना निको भएका छन्।

टिमोरलेष्टमा २४ जना संक्रमित भएका छन्। २० जना निको भएका छन्।

ग्रेनाडामा २१ जना संक्रमित भएका छन्। १३ जना निको भएका छन्।

न्यू क्यालेडोनिया संक्रमितको संख्या १८ पुगेको छ भने १७ जना निको भइसकेका छन्।

सेन्ट लुसियामा १८ जना संक्रमित भएकामध्ये १५ जना निको भएका छन्।

सेन्ट भिन्सेन्ट ग्रेनाडाइन्समा संक्रमितको संख्या १७ रहेको छ भने ९ जना निको भएका छन्।

डोमिनिकामा १६ जना मानिस संक्रमित भएका छन्। १३ जना निको भएर घर फर्किसकेका छन्।

नामिबियामा १६ जना संक्रमित भएका छन् भने ८ जना निको भएको तथ्यांक छ।

ग्रिनल्याण्डमा ११ जना संक्रमित भएका थिए भने सबैजना निको भएका छन्।

भ्याटिकन सिटी ११ जना संक्रमित भएका छन् भने २ जना निको भका छन्। स्वास्थ्य खबरबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *