नगर प्रमुख नेपाली दम्पत्तीले दिए वडा नम्बर ५ र ६ का २२ परिवारलाई खाद्यान्न

सुमन सुनार, बुर्तिबाङ
ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली र उहाँकी धर्मपत्नी छेला नेपालीले बुधबार २२ गरिब तथा विपन्न परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न उपलब्ध गराएका छन् ।

लकडाउनले गर्दा हातमुख जोड्न समस्यामा परेका वडा नम्बर ५ र ६ का २२ परिवारलाई खाद्यान्न सामग्रही उपलब्ध गराउनुभएको हो ।

नगर प्रमुख नेपालीकी पत्नी वडा नम्बर ५ को सहिखोलामा पुगेर खाद्यान्न सामग्री उपलव्ध गराएको नगरप्रमुख नेपालीले बताउनुभयो ।

उहाँले प्रति परिवार १ बोरा चामल, १ लिटर खाने तेल, दाल, नुन र नुहाउने साबुन उपलव्ध गराइएको बताउनुभयो ।

लकडाउनको कारण कोही नागरिक भोकभाकै बस्न नपरोस भन्ने हिसाबले उनीहरुलाई खाद्यान्न वितरण गरेको नगर प्रमुख नेपालीको भनाई छ ।

नेपाली दम्पत्तीले लकडाउन सुरु भएपछि यस क्षेत्रका ६ सय बढी नागरिबलाई खाद्यान्न वितरण गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *