गलकोटको ज्यामिरे हुँदै पचुवा जोड्ने सडक निर्माण कार्य सुरु

थम्मन थापा, गलकोट

जिल्लाको गलकोट नगरपालिका वडा नं ८ काडेबास पचुवा देखि देउखर्क हुँदै ज्यामिरे जोडने सडक निर्माण कार्य सुरु भएको छ ।

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६र०७७ को बजेट रु १२ लाखको लागतमा सडक निर्माण कार्य सुरु गरिएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामप्रसाद कडेलले जानकारी दिनुभयो । यो वर्ष झण्डै २ किलोमिटर सडक निर्माण गरिने वडा अध्यक्ष कँडेलले बताउनु भयो ।

गत वर्ष संघीय सांसद क्षेत्र विकास कोष मार्फत १० लाख बजेटमा वडा नं ८ को बरा बोट देखि चौतारा मुन्तिर सम्म झण्डै ४ किलोमिटर सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन दत्त कँडेलले जानकारी दिनुभयो । अहिले ज्यामिरे देउखर्क जिरो किमी देखि पचुवा चौतारा सम्म सडक निर्माणको काम सम्पन्न गरिने अध्यक्ष कँडेलले बताउनु भयो ।
यसअघि सडक विभागको ८ लाख र स्थानीयको १२ लाख आर्थिक सहयोगमा सडकको ट्रयाक खोलिएको थियो । सडक निर्माण भए पछि गलकोट नगरपालिका वडा नं ८ को पचुवा, ज्यामिरे, थालेपोखरा, उचाका, फूलबारी, बतासे सँगै बागलुङको बरेङ गाउँपालिका, प्रदेश नं ५ को गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका लाई मध्य पहाडी लोक मार्गमा जोडिन छोटो सडक हुने सडक निर्माण समितिका उपाध्यक्ष जंग बहादुर कँडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *