वीरगञ्जमा चार पत्रकारलाई कोरोना संक्रमण

आदर्श अनलाईन, काठमाडौं

आज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) मध्ये चार जना पत्रकार भएको पाइएको छ ।

संक्रमित मध्येका चार जना पत्रकार रहेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *