व्यापारी मर्कामा परेको भन्दै ज्ञापनपत्र

आदर्श अनलाईन, बागलुङ
बागलुङ चेम्बर अफ कमर्सले बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर सरकारले गरेको लकडाउनका कारण ब्यबसायी मर्कामा परेको भन्दै सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको छ ।

कोरोनाको कारणले ब्यबसायी धरासायी बनेको भन्दै लकडाउन अबधिको घर भाडा छुट बैंक तथा बित्तिय संस्थालाई ब्याजमा छुटको लागि पहल गरिदिन कमर्सले जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका र बैंकर्स एशोसियसन लाई कमर्सका महासचिव नारायण पौडेलले ज्ञापनपत्र बुझाएका हुन् ।

कमर्सले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु र बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेल र बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्मालाई ब्यबसायीक हकहितको पक्षमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाईएको हो । ब्यबसायीले कोरोनाको जोखिम मोलेर सामाजिक दुरि कायम राखि आम उपभोक्ता लाई सेवा दिदै आएको कमर्सले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *