राहत बितरण गर्दै एनआरएनए कतार, समस्यामा परेकालाई सम्पर्क गर्न आग्रह

आदर्श अनलाईन, कतार ।
बिश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरस (कोभिड(१९ )को कारण समस्यामा परेका ८ सय बढी नेपालीलाई एनआरएनए कतारले राहत बितरण गरेको छ ।

श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघको श्रमिक कोष मार्फत र नेपाली राजदुतावासको समन्वय र कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटिको सहयोगमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।

पाँचौ चरणमा मंगलबार विभिन्न स्थानमा रहेका ४४ नेपालीलाई खाद्यन्न हस्तान्तरण गरिएको संघका प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले बताए । संघले चामल, तेल, दाल, प्याज, आलु, सोयाबिन, नुन,मसला लगाएतका खाद्यान्नको प्याकेज बनाइ १५ दिनलाई पुग्ने गरि राहत बाढदै आएको छ । यस्तै संघका महासचिव पदम गिरिले नेपाली श्रमिकहरु खाद्यान्न वा अन्य कुनै समस्यामा परि तत्काल उद्दार गर्नुपर्ने भएमा एनसीसी कतारको अफिसियल इमेल nrnancc.qatar2003@gmail.com र आधिकारिक फेसबुकको ईनबक्स वा 74449592/ 50129900/ 70909722 मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको बताए ।

कोरोना भाइरसको कारण ३ लाख ५० हजार बढी रहेको कतारमा आजाद भिसामा पुगेर काम खोज्ने, कम्पनी बाट रिजाइन दिएर नेपाल फर्कन टिकट काटेर बसेका, पुरानो कम्पनी छोडेर नयाँ कम्पनीमा काम गरेका तर भिसा नलागेका, भाडामा ट्याक्सी चलाउने, होटल रेस्टुरेन्टमा काम गर्ने, सपिङ्ग मलमा काम गर्ने, कम्पनी सङ्ग अदालतमा मुद्दा लडिरहेका लगाएतका थुप्रै नेपाली समस्यामा परेका छन् ।

कतारले कोरोना भाइरस बाट संक्रमीत ब्यक्तिको राष्ट्रियता गोप्य राखेको भएपनि अहिले सम्म एक जना नेपालीको निधन भएको र ठुलो संख्यामा नेपाली संक्रमीत रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *