सुचना प्रवाहलाई प्रभावकारी बनाउन सरकारवालासँग छलफल

आर्दश अनलाईन, बागलुङ
पत्रकार महासंघ बागलुङले कोरोना महामारीको समयमा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउनको निम्ति बुधबार जिल्ला स्थित सरोकारवालासँग छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यलय, प्रहरी, स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालका प्रमुखसँग आन्तरिक छलफल गरेको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन शैंजुले लकडाउनलाई प्रभावकारी बनाउन थप योजना बनाएर लागेको बताउनुभयो ।

उहाँले नागरिकहरुले लकडाउनको कार्यान्वयनमा अटेरी गरिरहेको भन्दै दुई कोरोना संक्रमित निको भएपछि लकडाउन उल्लङ्घन बढ्दै गएको बताउनुभयो । नागरिहरुले पनि लकडाउन पालन गर्नु आफ्नै सुरक्षाको लागि हो भन्ने बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख सारदाप्रसाद चौधरीले बागलुङ भित्रिने सबै नाकाहरुमा प्रहरी परिचालन गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले ¥यापीड टेष्टका लागि जिल्लामा किट अभावका भएको भन्दै थप परिक्षण गर्न नसकेको बताउनुभयो । उहाँले हालसम्म १ हजार २ सय ४६ जनाको ¥यापीड ६९ जनाको पीसीआर गरिएको जानकारी दिनुभयो ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले अस्पातल विभिन्न किसिमका बिरामीहरुको भिडभाड बढेको बताउनुभयो । उहाँले अत्याधिक भिड हुँदा नियन्त्रण गर्न समेत गाह्रो भइरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सम्बन्धित कार्यालयहरुबाट सुचना प्रवाह अझै पनि प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले हरेक कार्यलयमा सुचना अधिकारी हुन पर्ने र सुचना अधिकारी मार्फत सुचना प्रवाह हुँदा प्रभावकारी हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *