भारतीय सीमा अतिक्रमण बिरुद्ध एक ढिक्का बनौ: सांसद केसी

आदर्श अनलाइन, काठमाण्डौं

बागलुङका प्रतिनिधिसभा सदस्य सांसद मनकुमारी केसीले भारतीय सीमा हस्तक्षेप बिरुद्ध एकढिक्का भएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा आफ्नो धारणा राख्दै सांसद जिसीले विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि विश्व समुदाय केन्द्रित भइरहेको भारतले नेपाली भूमी अतिक्रमण गर्नु निन्दनिय भएको बताउनुभयो । गत साता मात्रै भारतले नेपाल सरकारको स्वीकृति विना लिपुलेक हुँदै मानसरोवर पुग्ने सडक निर्माण गरेर उद्घाटन समेत गरेको थियो ।

उहाँले भन्नुभयो, ‘छिमेकी मुलुकले नेपालीमाथि सधैं तिर घोचिरह्यो, अब यसको अन्त्य हुने गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले चालेका कदममा विगतमा नाकाबन्दीको बेलामा जस्तै सबैलै साथ दिऔ । सवै राजनीतिक दल तथा आम नेपाली एक ढिक्का भई अघि बढौं । सफलता अवस्य चुम्न सकिनेछ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ समेत रहनुभएकी सांसद जिसीले विश्वमा नै विषम् परिस्थिती सिर्जना भइरहेको समयमा सरकारको नीति, कार्यक्रम तथा बजेट सोही अनुरुप आउनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाको कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रका स्थानीय उत्पादन, विउ भण्डारण, उद्योग व्यासायलाई विस्तार गर्ने, पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको अर्थव्यवस्थालाई सुधार गर्न तीन वटै सरकार मिली असल मानवताको उदाहरण प्रस्तुत गर्ने समय आएको उल्लेख गर्दै उहाँले मजदुरले काम गर्न नपाएर सडकको पेटीमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्ने प्रकारको योजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषी तथा रोजगारीको क्षेत्रमा विशेष योजना बनाई अघि बढ्न सरकारलाई आग्रह समेत गर्नुभयो ।

वर्षायाम सुरु हुँदै गएकाले डुबान भइसकेपछि विभिन्न योजना ल्याउने नभई हुनु अघि नै त्यसको विशेष योजना ल्याई डुवानको समस्यालाई समाधानको बाटो खोज्नुपर्ने समेत उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *