बागलुङका खाद्यान्न तथा तरकारी पसल साँझ र बिहान मात्रै खाेलिने

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा रहेका खाद्यान्न पसलहरु खोल्नको लागि समय तालिका निर्माण गरिएको छ ।
शुक्रबार बागलुङका सरकारवालाहरुको बैठकले लकडाउनलाई थप कडाई गर्नको लागि पसलहरुको समय तालिका निर्धारण गरिएको हो । अब पसलहरु बिहान र साँझ मात्रै खोल्ने बैठकले निर्णय गरेको छ

सरकारले लकडाउनलाई थप कडाई गर्न निर्देशन गरेपछि बागलुङमा पनि कडाई गर्न थालिएको प्रमुख जिल्ल अधिकारी गौलोचन सैजूले जानकारी दिनुभयो ।

जेठ ५ गतेसम्म लकडाउनलाई पूर्ण रुपमा कडाई गर्ने र बाहिरी जिल्लाबाट आउने खाद्यान्नलाई केहि समयलाई रोक्ने निर्णय गरेको बागलुङ नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, तरकारी तथा फलफुल व्यवसायी संघ, खाद्यान्न व्यवसायी र जिल्ला प्रहरी कार्यालय र बागलुङ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *