राहत बितरणमा तिब्रता दिदै एनआरएनए कतार

आदर्श अनलाईन, कतार ।

बिश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरस (कोभिड(१९ ) को कारण समस्यामा परेका एक हजार बढी नेपालीलाई एनआरएनए कतारले राहत बितरण गरेको छ ।

गैर आवासिय नेपाली संघ अन्तरगतको श्रमिक कोष र नेपाली राजदुतावासको समन्वय र कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटिको सहयोगमा राहत बितरण गर्दै आएको छ । छैठो चरणमा बिहिवार विभिन्न स्थानमा रहेका १ सय २० जना नेपालीलाई खाद्यन्न हस्तान्तरण गरिएको संघ प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले बताउनुभयो ।

संघले कतारको अजजिया, नज्मा, मुग्लिना, रयान, अलसाद, डाफ्ना, मदिना खलिफा, एनखालिद, अल्खोर, न्यु सैलिया, ग्राण्ड्मल, सनैयामा रहेका कोरना भाइरसको समस्या बाट प्रभाबित २३ महिला र ९७ पुरुष गरि जम्मा १२० जना नेपालीलाई खाद्यान्न बितरण गरिएको हो ।

संघले चामल, तेल, दाल, प्याज, आलु, सोयाबिन, नुन,मसला लगाएतका खाद्यान्नको प्याकेज बनाइ १५ दिनलाई पुग्ने गरि राहत बितरण गर्दै आएको छ । राहत बितरणमा एनआरएनए आईसीसी मध्यपुर्व संयोजक प्रबिण गुरुङ्ग ,आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङ , महासचिव पदम गिरी, एनसीसी सदस्यहरु झबिन्द्र आचार्य , गजेन्द्र राई, राहत तथा उद्दार सिमितीका सदस्य एवं स्वयंसेवकको सहभागीता रहेको थियो ।

यसैबिच संघले नेपाली श्रमिकहरु खाद्यान्न वा अन्य कुनै समस्यामा परि तत्काल उद्दार गर्नुपर्ने भएमा एनसीसी कतारको अफिसियल इमेल nrnancc.qatar2003@gmail.com र आधिकारिक फेसबुकको ईनबक्स वा 74449592/ 50129900/ 70909722 मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *