लकडाउनका बीच बागलुङमा नेकपाले सम्झियो मदन आश्रितलाई

आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर समितिले लकडाउनका बीच बागलुङमा २७ औ मदन आश्रित स्मृति दिवस मनाएको छ ।

स्मृति दिवसका अवसरमा मदन आश्रित पार्कमा माल्यार्पण सहित कालिका मल्टि प्यालेसमा पार्टी र निर्वाचित वडा अध्यक्षहरु बिचको संयुक्त बैठक गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य माननीय इन्द्रलाल सापकोटाले नेपालको कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा पुर्याउन र मुलुकलाई लोकतान्त्रिक व्यवस्था सहित विकास र समृद्धिको बाटोमा लैजान मदन भण्डारीले लिएको विचार, सिद्धान्त र मार्ग दिशा आज महत्त्वपूर्ण स्थानमा रहेको बताउनुभयो ।नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेतृत्व गरिरहेको सरकारले देशको बिकास र समृद्धि गर्दै समाजवादको यात्रा तय गर्नका लागि पार्टीका नेता कार्यकर्ता लगायत निर्वाचित जनप्रतिनिधिहरुले कहिकतै कुनै स्वार्थ नराखी देश र जनताको हितमा आआफ्नो ठाउबाट कमरेड मदन भण्डारीले देखाएको बाटोलाइ अबलम्बन गर्दै कम्युनिस्ट पार्टीको निति र सिद्धान्तका आधारमा अगाडी बढ्दै काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सापकोटाले कोरोना भाइरसले बिश्वलाई नै ग्रसित बनाएका बेला सबै देशहरु मिलेर भाइरस विरुद्ध लडाइँ लडनु पर्ने समयमा भारतले नेपाली भुमी माथी गर्न खोजिएको हस्तक्षेप अत्यन्तै असहिय भएको भन्दै यस प्रती खेद प्रकट गर्नु भयो र नेपाल सरकारबाट कुटनैतिक पहल गरि नेपाली भुमी नेपालकै स्वाधीनता भित्र ल्याउनका लागि पार्टी नेतृत्व र सरकार समक्ष आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य तथा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, नेकपा बागलुङका कार्यलय सदस्य कृष्ण पाठक र लाल बहादुर थापाले मन्तव्य राख्नु भएको थियो ।

नेकपा नगर कमिटी अध्यक्ष धन बहादुर परियारको अध्यक्षता र सचिब इन्द्र केसिको संचालनमा भएको उक्त कार्यक्रम तथा बैठक बागलुङ नगरपालिकाको आगामी नीति तथा कार्यक्रम कस्तो गराउने, प्रदेश तथा केन्द्रिय सरकारको बजेटमा कस्ता कस्ता बिकासका योजना ल्याउने लगायतका महत्त्वपूर्ण बिषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको नगर कमिटी अध्यक्ष परियारले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *