ताराखोलाको काँक्राखोर विद्यालय ताेडफाेड, कागजपत्र चाेरी

आदर्श अनलाइन, बागलुङ
ताराखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको काँक्राखोर आधारभूत विद्यालय ताेडफाेड भएको छ ।

शनिबार राति तोडफोड भएको हो । टोफोडसँगै विद्यालयका आवश्यक काजपत्र चोरी गरेको आरोपमा प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएको छ ।

विद्यालय भवन र ढलको अनुगमन गर्न पुगेको इन्जिनियर सहितको टोलीले विद्यालय टोडफोड भएको दखेको थियो । ढोका खोलेर हेर्दा टेबुलमाथी चाउचाउ, चुरोट भेटिएका थिए भने दराजको चाँबी फोरिएको कागजपत्र सबै लगिएको थियो ।

घटनाको तत्काल छानबिन गर्न ईलाका प्रहरी कार्यालयलाई खबर दिइएको थियो । प्रहरीले शंकाको आधारमा विद्यालयका पूर्व शिक्षक रेशम खत्री स्थानीय तिलक कार्कीको घरमा छापा मार्दा तिलक कार्कीको कोठाबाट विद्यालयको कागजपत्र भेटाएको थियो ।

कागजपत्र भेटेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय हरिचौर पडठाइएको प्रहरी चौकी ताराखोलाका ईन्चार्ज युवराज सलामी मगरले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *