रामरेखा क्वारेन्टिनमा रहेका २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ


–आदर्श अनलाईन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर–१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २२ जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा संयोजक राम प्रसाद खनालले जानकारी दिनुभयो । उनिहरुको आईतबार स्बाव संकलन गरिएको थियो । बागलुङ नगरपालिकामा भारत तथा तराईका जिल्लाबाट भित्रिदै आएकालाई क्वारेन्टिनमा राखिदै आएको छ ।

अहिले रामरेखा आधारभूत विद्यालयमा तराईका जिल्लाबाट आएका २४ जना बस्दै आएका छन् । क्षमता भन्दा चारजना बढीलाई क्वारेन्टिनमा राख्दै आएको नगरपालिकाले क्वारेन्टिनको क्षमता विस्तार गर्न थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

तराईका विभिन्न जिल्लाहरु, विरगंज, पर्सामा पुष्टी भएका १४ संक्रमितलाई बागलुङबाट छोड्न गएका र सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राखिएको छ ।

यो पनि पढ्नुहोस्