पर्वतका गाउँपालिका अध्यक्षले दिए ‘स्टाटस’मा धम्की (अडियो सहित)

आदर्श अनलाइन,पर्वत

पर्वतको जलजला गाउँपलिकाका अध्यक्ष यामबहादुर मल्लले फेसबुकमा स्टाटस लेखेको बिषयमा धम्की दिएका छन् ।

गाउँपालिका भित्र भइरहेको अनियमितता र लापरवाहीका बिषयमा ध्यानाकर्षण गराउँदा उल्टै धम्की दिएको घटना प्रति नेकपा जलजला गाउँ कमिटिले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ ।
नेकपा निकट बिज्ञानराज शर्मालाई ३ महिना पहिलेको स्टाटस र बैशाख २९ गते कालिगण्डकी दोबानको विषयमा कसले आवाज उठाउने भनेर फेसबुकमा कमेन्ट गरेकै आधारमा गाउँपालिका अध्यक्ष मल्लले फोन गरी धम्काएको बताउनुभयो ।

गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेको व्यक्ति रातिको समयमा फोन गरी अपशब्द प्रयोग गरेर धम्काईएको शर्माको भनाई छ ।

तर, जलजला गाउँपालिकाका अध्यक्ष मल्लले पालिका भित्र अनियमिता नभएको र भएको खण्डमा सम्बन्धित निकायमा गएर कुरा उठाउनु पर्ने बताउनुभयो । सामाजिक सञ्जालमा व्यक्तिगत हिसाबले चरित्र हत्या गर्ने मनशायले स्टाटस लेखेको देखे पछि सम्झाउन खोजेको र साइबर क्राइममा मुद्धा हाल्ने चेतावनी मात्र दिएको दावी गर्नुभयो । कहिकतै अनियमिता गरेको भए आँफु सजायको भागिदार हुन तयार रहेको उहाँको भनाई छ ।

शर्मा र गाउँपालिकाका अध्यक्षबीच भएको कुराकानीको फोन रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जुन संवाद पदिय मर्यादा बिपरित अभद्र र नमिठो सुनिएको छ । यो लिंकबाट संवाद सुन्न सकिनेछ ।
https://www.facebook.com/arjunnirjen/videos/pcb.3180270672033870/3180267515367519/?type=3&theater

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *