घुम्टे युवा परिवारको पहलमा अग्नी पीडित खड्कालाई राहत प्रदान

आदर्श अनलाइन, गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पिडित जुक्तबहादुर खड्काको परिवारलाई राहत प्रदान गरिएको छ ।

सामाजिक संस्था घुम्टे युवा परिवारको पहल तथा समन्वयमा संस्थाको जापान शाखाका सहसचिव युवा समाजसेवी तुलबिर थापाको आर्थिक सहयोगमा खाद्यान्नसँगै अन्य राहतका सामाग्री गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोकबहादुर थापाले हस्तान्तरण गर्नुभयो ।

आइतवार घर जलेर नष्ट भए पछि राहत स्वरुप तीन बोरा चामल सहित दाल, नुन, तेल, साबुन, चीनी लगायतको दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।आपतको यो अफ्ठ्यारो परिस्थितिमा आफूले थोरै भए पनि सहयोग होस भन्ने हेतुले राहत सहयोग गरेको संस्थाका जापान शाखा सह(सचिव तथा सहयोगदाता तुलबिर थापाले बताउनुभयो । थापा लामो समय देखि जापानमा होटल व्यावसाय गर्दै आउनु भएको छ । गाउँ समाजमा हुने विकास निर्माणदेखि आपत विपतमा थापाको उल्लेख्य सहयोग हुँदै आएको छ ।
राहत सामग्री ग्रहण गर्दै खड्का परिवारले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आगलागीबाट खड्का परिवारको खाद्यान्न, लत्ता कपडासँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भए पछि छिमेकीको घरमा आश्रय लिइरहेका छन । अग्नि पिडित खड्का परिवारलाई सोमबार नै मिलिजुली महिला समुह मल्मले नगद रु ५ हजार सहयोग गरेको छ त्यस्तै मल्म टोकरी निवासी प्रेमकाजी थापाले नगद रु ४ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *