अब काठेखोला-६ बिहुँका साविक सबै वार्डमा १० बेडको क्वारेन्टिन

फाइल फोटो

आदर्श अनलाइन, काठेखोला

कोरोना सङकर्मणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै काठखोला गाउँपालिका वडा नम्बर ६ बिहुँले साविकका सबै वडामा १० बेडको क्वारेन्टिन निर्माण गर्ने भएको छ ।

वडा समिति, राजनितिक दल, कोरोना व्यावस्थापन समुह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

साविकका चार वटा वडामा १०/१० बेड गरेर ४० वेडको क्वारेन्टिन तयार गरिने काठेखोला वडा नम्बर ६ बिहुँका अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिनुभयो । क्वारेन्टिनका लागि साविकका वडामा रहेका बिद्यालयका कक्षा कोठा प्रयोग गरिनेछ । खाना, बेड,झुल, खाट भने क्वारेन्टिनमा बस्ने परिवारबाट उपलब्ध गराउने र यस कार्यमा समुदायले सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष कंडेलको भनाई छ ।

क्वारेन्टिनमा रेखदेख र सुरक्षाका लागि सबै क्वारेन्टाइनमा समुदायका परिवारबाट आलोपालोको ब्यबस्था गर्ने लगायतका निर्णय भएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *