कर्म फाउण्डेशनद्धारा पश्चिमका पालिकालाई तीन लाखको स्वास्थ्य सामाग्री

सुमन सुनार/बुर्तिबाङ

कर्म फ्लाईट्स फाउण्डेशन पोखराले बागलुङ पश्चिमका पालिकालाई करीब ३ लाख ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना महामारी विरुद्ध युद्ध लडिरहेका स्थानिय सरकारलाई सहयोग पु¥याउने र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने उद्धेश्यले स्थानिय पालिकाहरुमा विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री सहित औषधी सहयोग गरेको फाउण्डेशनले जनाएको छ । रोटरी क्लव अफ् बुर्तिबाङ, ढोरपाटन र नेपाल ईज युकेको सहयोगमा स्थानिय तहहरुलाई स्वास्थ्य सामाग्री उपलव्ध गराइएको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रेम बहादुर कुँवरले बताउनुभयो ।

यसैक्रममा फाउण्डेशनले ढोरपाटन नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष कुँवरले नगर कार्यपालिका कार्यालयमा पुगेर नगर प्रमुख देव कुमार नेपालीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष कुँवरका अनुसार, ग्लब्स ४५ प्याकेट, सेनिटाईजर १ सय ओटा, पेपर माक्स १० प्याकेट, ९० दिन सम्म प्रयोग गर्न मिल्ने मास्क २ सय ५० पिस सहित अन्य औषधीहरु नगरपालिकालाई सहयोग गरिएको छ । कोरोना महामारीको समयमा जोखिमका साथ स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि पर्सनल सेफ्टी किट आवश्यकता छ भनेर फाउण्डेशनले स्वास्थ्य सामाग्री सहयोग गरेको अध्यक्ष कँुवरले बताउनुभयो ।

त्यस्तै निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा समेत स्वास्थ्य सामाग्री उपलव्ध गराइएको फाउण्डेशनले जनाएको छ ।

ई.स. २०११ मा स्थापना भएको फाउण्डेशनले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा बागलुङ पश्चिमको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्रियाकलापमा लगानी गर्दै आएको छ । फाउण्डेशनले निसीखोला गाउँपालिकामा रहेका प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गर्ने अभियान सञ्चालन गरेको र करीब २० ओटा विद्यालयहरुमा स्थापना गरिसकेको जनाएको छ ।

त्यसैगरी निसीखोला गाउँपालिका स्तरका विद्यालयमा अध्यायनरत छात्राहरुलाई महिनावारी सम्बन्धी शिक्षा दिने, करिव ३ वर्ष सम्म प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गर्ने योजनामा रहेको फाण्डेशनका अध्यक्ष कुँवरको भनाई छ । अध्यक्ष कुँवरले भन्नुभयो, सामाजिक काम गर्न निकैै कठिन छ, दाताहरु पाउन गाह्रो छ, हामीले आफै विजनेश गर्ने, आफै भरीया हुने र आफै व्यवस्थापन गर्ने गरेर विभिन्न सामाजिक काममा लगानी गर्दै आएका छौँ ।

फाउण्डेशनले दातृ निकायहरुसंगको सहकार्यमा निसीखोला गाउँपालिकाको अर्नाकोटमा ७५ लाख रुपैयाँ बराबरको हाईड्रोपावर, करिव २ करोडको लिफ्टीङ खानेपानी आयोजना निर्माणको काम गरेको छ । त्यसैगरी महिला सशक्तिकरणका लागि बाख्रा पालन कार्यक्रम सञ्चालन गर्दै आएको र अर्नाकोटमा यस वर्ष मात्रै ८६ बाख्रा वितरण गरेको फाउण्डेशनले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *