दोषीलाई कानुनी कारवाही गर्न माग

आदर्श अनलाईन, बागलुङ

अन्तरजातिय प्रेम सम्बन्धलाई विवाहमा बाधिने क्रममा भएको हत्या तथा बेपत्ता गराउनमा सम्लग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बागलुङका दलित अगुवाहरुले माग गरेका छन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल संगको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाईबाट तीन जनाको मृत्यु र तीन जनालाई वेपत्ता पार्नेलाई कानूनी दायरामा ल्याउने माग मंगलबार जिल्लाका दलित अधिकारको क्षेत्रमा किर्याशिल संगठनहरुले गम्भिर ध्यानआर्कषण भएको बताएका छन् । दलित अधिकारको क्षेत्रमा काम गर्दै आएका बागलुङका ११ संगठनले ध्यानआर्कषण भएको बताएका छन् । मंगलबार ११ संगठनद्वारा एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय अपराधिक घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका हुन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका–४ का नवराज विक, चौरजहारी–१ का टिकाराम विक, गणेश बुढामगरको हत्या भएको र भेरी नगरपालिका–४ सन्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनवरलाई वेपत्ता पारिएको घटनालाई सिंगो दलित तथा मानव समुदाय आक्रोशित बनाएको भन्दै काडा रुपमा विरोद जनाएका हुन् ।

‘दलित भएकै कारण प्रेम तथा बैबाहिक बन्धनमा बाधिदा हत्या हुनु संविधान र लोकतन्त्रकै उपहास हो’ विज्ञप्तीमा भनिएको छ ‘संवैधानिक रुपमा वर्जित भइसकेको जातिय विभेदजन्य अपराध निन्दनीय छ ।’ बागलुङमा दलितहरुको अधिकारका लागि काम गरिरहेका नेपाल दलित मुक्ति संगठन बागलुङ, नेपाल दलित संघ बागलुङ, दलित सञ्जाल बागलुङ, विश्वकर्मा समाज बागलुङ, परियार समाज बागलुङ, मिजार समाज बागलुङ, दलित पत्रकार मञ्च बागलुङ, दलित महिला विकास केन्द्र बागलुङ, दलित महिला सञ्जाल बागलुङ, भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङ र बागलुङ जिल्ला स्थित सम्पूर्ण दलित अधिकारकर्मीहरुले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । उक्त प्रेस विज्ञप्ती प्रमुख जिल्ला अधिकारी गालोचन शैजू मार्फत गृह मन्त्रालयमा पठाइएको दलित अगुवा सुजन परियारले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *