छ संक्रमितलाई अस्पताल ल्याइदै

–आदर्श अनलाईन, बागलुङ
भारतबाट आएर बडिगाड र तमानखोलाको क्वारेन्टाइनमा बसेका मध्ये छ जनालाई कोरोना संक्रमित पुष्टी भएपछि आइसोलेसनका लागि धौलागिरी अस्पतालमा तर्फ ल्याइएको छ ।

जिल्ला सदरमुकाम देखि झण्डै सय किलोमिटर टाढा रहेको तमानखोलाका चार र ७५ किलोमिटर टाढा बडिगाडमा रहेका २ संक्रमितलाई लिएर दुईवटा एम्बुलेन्स बागलुङ जिल्ला सदरमुकाम तर्फ आएको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभयो ।

भिमगिठे प्रवासी क्रियाशिल समूहको एम्बुलेन्समा तमानखोलाका चार संक्रमित र बडिगाड मेलमिलाप आमासमूहको एम्वुलेन्समा बडिगाडका २ संक्रमितलाई बागलुङ स्थित धौलागिरी अस्पताल बागलुङमा आइसोलेसनका लागि पठाइएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो । संक्रमितहरुलाई साझ अस्पतालको आइसोलेसनमा भर्ना गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *