पहिले जस्तो अपांगमैत्री अवसर सधैं दिन सकिन्न: अस्पताल समिति

आदर्श अनलाइन,बागलुङ

पछिल्लो समय दुर्घटना पछि अपांगता जीवन भोगिरहेकी स्वास्थ्यकर्मी कविता शाक्यलाई धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङले अब पहिले जस्तो अपांगमैत्री अवसर दिन नसकिने बताएको छ ।

अस्पतालका सिनियर अहेव रहेकी शाक्यलाई अपांगमैत्री बातावरण र व्यवस्थाको बदला उपेक्षा र अपमान गरिरहेको भन्दै चौतर्फी बिरोध हुन थालेपछि समितिले बुधवार पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनलमा समितिका अध्यक्ष केवी राना मगरले स्वास्थ्यकर्मी शाक्यलाई मानवीय हिसावले पेन्शन निक्लिने बेला सम्म भनेर सहयोग गरिदै आइएको तर अब त्यस हिसावले सहयोग गर्न नसकिने बताउनुभयो । ‘दुर्घटना पछि पहिलेका अस्पताल समिति र प्रशासनले कागजातदेखि हाजिरी सम्ममा मानवीय संवेदनशिलता हेरेर सहयोग ग¥यो, हामीले पनि ग¥यौ,’ अध्यक्ष रानाले भन्नुभयो, ‘अहिले नै अस्पताल पुरा अपांगमैत्री भइसकेको छैन, त्यो क्वाटरबाट यहाँ सम्म आउन ६ जना मान्छे उनलाई चाहिन्छ, फेरी काम गर्न पनि सक्दैनन्, हाजिर मात्र गरेर तलब खुवाउन सकिदैन ।’ अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवा आफ्नो एक मात्र उद्धेश्य रहेको भन्दै एक जनाका लागि अरु कर्मचारीलाई अन्याय पर्न नदिने अध्यक्ष रानाको भनाई थियो ।

दुर्घटना पछि अशक्त बन्नुभएकी स्वास्थ्यकर्मी शाक्यले भने आँफु नेपाल सरकारको स्थायी कर्मचारी भएको र राज्यले अपांगका लागि व्यवस्था गरेको बिशेष सुविधा अनुसार अपांगमैत्री बातावरण तयारी गरिदिए काम गर्न तयार रहेको बताउनुभयो । खुट्टाले हिँड्डुलमा समस्या भए पनि हातले काम गर्न सक्ने अवस्थामा आँफु भएको र सोही अनुसारको अपांगमैत्री काम दिन शाक्यको आग्रह छ । दुर्घटना पछिको केहि बर्ष उनलाई अपांगमैत्री कामको रुपमा बिमा क्लेम इन्ट्रि गर्ने काम दिइएको थियो । तर, पछिल्लो समय हाजिरी र तलब रोक्का गर्ने कार्य सँगै बिवाद उत्कर्षमा पुगेको छ । यो समस्या हल गर्न मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय सम्मका व्यक्ति सकरात्मक रहे पनि समिति अनिच्छुक हुँदा समस्या जटिल बन्दै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले भने पत्रकार सम्मेलनको अन्त्य तिर समिति शाक्यलाई अपांगमैत्री क्वाटर र कामका लागि सकरात्मक भएको बताउनुभयो । ‘अस्पतालमा नयाँ क्वाटर निर्माणाधिन अवस्थामा छ, केहि समय लाग्न सक्छ तर व्यवस्थापन गर्न सकिन्छ,’ शर्माले भन्नुभयो,‘कविता जीका आफन्तहरु पनि यहि हुनुहुन्छ, केहि समय हजुरहरुले व्यवस्थापन गर्नुहोस्, हामी केहि गर्छौ ।’

२०७६ भाद्र २७ देखि बर्तमान समितिले हाजिर रोक्न लगाए पछि केहि समय तलब रोक्का गरिएको थियो । तर, अस्पताल प्रशासनलाई बिषय बाहिर सार्वजनिक भए पछि अप्ठ्यारो पर्ने भन्दै स्वास्थ्यकर्मी शाक्यको सञ्चित बिदा काटेर हतार हतार चैत्र सम्मको तलब हालिएको थियो । जब कि उनलाई पहिले जस्तै कुनै अपांगमैत्री अवसर र काम दिएको भए सञ्चित बिदा बापतको २ लाख ८० हजार ७ सय रुपैयाँ शाक्यले अतिरिक्त प्राप्त गर्ने व्यवस्था छ । तर, समिति र प्रशासनको उपेक्षाका कारण उनले यो गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

पहिले जस्तो अपांगमैत्री अवसर सधैं दिन सकिन्न: अस्पताल समिति

  1. धन्यवाद, अस्पताल समिति र खास गरि के.बी राना मगरलाइ, सवै संस्थालाइ मागि खाने भाँडो वनाउने मान्छे वाट यस भन्दा बढि अपेक्षा गर्न सकिन्न । धन्यवाद यसमानेमा कि सक्कलि रूप देखाइ छाड्याै ।
    बहिरा स्कुलमा बहिरालाइ नेत्रित्व गर्न दिन सिकन्न
    अस्पतालमा अपांगता कर्मचारीलाइ हाजिर गर्न दिन सकिन्न

    यि अपांगहरू ले केहि गर्न सक्दैनन् तर मैले प्रोजेक्ट चलाउन पाउनु पर्दछ अनि यिनैका नामा मा पैसा असुल्न पाउनु पर्दछ, यसैलाइ मागिखाने भाँडो वनाउन पाउनु पर्दछ ।
    याद राखेस देशको कानुन भन्दा माथि कोहि पनिहुन्न ।
    पढ अपांगता भएका ब्यक्तिहरूको अधिकार सम्वन्धि महासन्धि र अपांगता अधिकार एेन २०७५
    दाँज तेरो कार्यक्षत्र र अपांगता भएका ब्यक्तिहरूको अधिकारमा भएका कानुन ।
    सक्कलि अनुहारकालागी पुन धन्यवाद

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *