आदर्श सञ्चार सहकारीद्वारा पत्रकार र कर्मचारीको कोरोना बीमा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले पत्रकार तथा कर्मचारीको कोरोना बीमा गरिदिएको छ ।

सहकारी संस्थाले पत्रकारसहित १४ जना सहकारीका कर्मचारीहरुको बीमा गरि दिएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

प्रबन्धक सापकोटाले प्रत्येकको ६ सय रुपैयाँ बराबरको बीमा संस्थाले गरेको बताउनुभयो । जसको बीमाङ्क रकम एक लाख हुने बताइएको छ ।

पत्रकार तथा कर्मचारीको आत्मबल बढाउन र उनीहरुको सुरक्षाको लागि संस्थाले सानो प्रयासको सुरुवात गरेको संस्थाकी अध्यक्ष हुमकुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

‘कोरोना महामारीको समयमा पत्रकार र कर्मचारीहरुले जोखिम मोलेर काम गर्नु पर्ने अवस्था छ,’ अध्यक्ष जिसीले भन्नुभयो ‘उनीहरुको आत्मबललाई बढाउन र काम प्रति प्रेरित गर्नको लागि हामीले यो निर्णय गरेका हौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *