एनसीसी कतारद्वारा दशौ चरणमा ६ सय बढीलाई राहत बितरण

आदर्श अनलाईन, दोहा, कतार ।
राहत बितरणलाई तिब्रता दिएको एनआरएनए कतारले बुधबार दसौं चरणमा कोरोना भाइरस (कोभिड(१९ ) को कारण समस्यामा परेका ६ सय सत्र जना नेपालीलाई राहत प्याकेज बितरण गरेको छ ।

एनआरएनए कतारले विभिन्न स्थानमा खाद्यान्नको समस्यामा परेका नेपालीलाई कतार सरकारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न बितरण गरिएको हो । दशौ चरणमा कतारको सनैया स्ट्रीट नम्बर ३, ४, ५, ६, १०, १७, १९,२२, २३, २४, २५, ३२, ३७, ३८, ४१, ४३, ५७ , एनखालिद , नज्मा, मामुरा, ग्राफा, बिन मोहमद, अलसाद, वल्ड एअरपोर्ट, बिन वमरान, मुग्लिना, अलवाब, रैयान, वाक्रा, वकिर, मदिना खलिफा, अजजिया, अबुहमर, हिलाल, मुन्ताजा, दोहा जदिद, मनसुरा, अलथुममा,मतार कदिम, सफिया खलिफा, अल नासर र मैजारका विभिन्न ठाउँमा रहेका नेपालीलाई १५ दिनको लागि पुग्ने खाद्यान्न प्याकेज बितरण गरिएको हो ।

राहत बितरणमा गैर आवासीय नेपाली संघ आइसिसीर एनसिसिसी पदाधिकारी एवं सदस्य संगै कतारमा स्थापित सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गैर आवासिय नेपाली संघले संघको श्रमिक कोष र नेपाली राजदुतवासको समन्वयमा कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटि मार्फत प्राप्त सहयोग समस्यामा परेका नेपालीलाई बितरण गर्दै आएको संघका प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले बताउनुभयो ।

यसैबीच एनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई झापाली सेवा समाज र धराने आउट अफ धरानले खाद्यान्न सहयोग प्रदान गरेका छन् ।

झापाली सेवा समाज कतारबाट सात सय पचहत्तर कतारी रियल र धराने आउट अफ धरानबाट पनि सात सय पचहत्तर रियल प्राप्त भएको संघका द्धितिय उपाध्यक्ष एवं संघसंस्था समन्वय समितीका संयोजक टंक कुमार खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *